Posts

डाटा लोड हुँदैछ...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

Image
वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन जोगाउन माग गरेका छन् । रामवनमा चिडियाखाना बनाउनको लागि बस्ती हटाउन जिल्ला वन कार्यालयले पन्ध्र दिने सूचना जारी गरेपछि आज नेपाली कांग्रेस पर्सा सभापति जनार्दन सिंह क्षत्री, नेकपा एमाले अध्यक्ष डा बिश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, जसपा पर्सा सचिब तब्रेज आलम, नेकपा एसका मनोज चौधरीलगायतले प्रजिअ भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।   ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बस्ती बचाएर कमसेकम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताए । यस अघि सर्वदलिय टोलीले रामबनमा रहेको बस्तीको भ्रमण समेत गरेका थिए । भ्रमण पश्चात सर्बदलिय टोलीले बस्ती बचाएर पनि चिडियाखाना बनाउन सकिने देखिएकोले मानवबस्ती बचाएर बिकास निर्माण लाई अघि बढाउन अनुरोध गरिएको  सर्वदलिय टोलीमा सम्मिलित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले जानकारी गराए । 

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

Image
बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ ।   बाराको कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।   आदर्शकोतवाल गाँउपालिका वडा नं २ बस्ने महन्थ महतोको छोरा ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, सोही ठाउँका जितन महतोको छोरा २९ वर्षीय चांदसी कुशवाहा, प्रेमलाल साहको छोरा २७ वर्षीय चुल्हाई भन्ने श्रवणकुमार साह, सियाराम राउत कुर्मीको छोरा ३४ वर्षीय राधेश कुमार पटेल र रामचन्द्र राउतको छोरा ५४ वर्षीय बिनोद राउत कुर्मी, कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने मोहन रामको छोरा ५० वर्षीय आम्रपाली भन्ने ब्रह्मदेव राम, करैयामाई गाँउपालिका–७ पिपरा बस्ने महादेव साह थारूको छोरा ५० वर्षीय मोतिलाल चौधरीलाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।   प्रहरीले उक्त हत्यामा प्रयोग गरिएको बा ३२ प ७०५५ नम्बरको मोटरसाइकल, ना ५९ प ४७८९ नम्बरको मोटरसाइकल, ना ३३ प ५४६२ नम...

रास्वपाको भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र- सचिव शंकर श्रेष्ठ

Image
वीरगंज, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको सामाजिक संगठन सचिव शंकर श्रेष्ठले भ्रष्टाचार शुन्य शासन व्यवस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिको रुपमा पार्टी अगाडि बढेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा शाखाले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा आज वीरगंजमा आयोजित चियापान कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले पुराना राजनीतिक दलहरूप्रति नागरिकको निराशा बढ्दै गएकोले त्यसको विकल्पको रूपमा रास्वपा अगाडि आएको बताउनुभयो । सचिव श्रेष्ठले रास्वपाका मन्त्रीले जिम्मेवारी लिएका मन्त्रालयहरूमा अहिले जनताको काम देखिने गरी भईरहेको बताउदै यसले विपक्षीहरू अत्तालिएको बताउनुभयो । रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि नेपाली कांग्रेस सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका अध्यक्ष डा बिश्वम्बर शर्मा, सचिव महेश दास, जसपा अध्यक्ष राम नरेश कुर्मी, सचिब तवरेज आलम, वीरगंजका उपमेयर इम्तियाज आलम, प्रदेशसभा सदस्य श्याम पटेल, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, उद्योग बाणिज्य महासंघ अध्यक्ष गणेश लाठ, वीर...

विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

Image
मुम्बई, ६ असार: भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री  स्टालिनलाई उद्धृत गरी पिटिआईले जनाएको छ । घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको मुख्यामन्त्री स्टालिनले बताउनुभयो । अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उहाँले बताउनुभएको मुख्यामन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मदीराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ । घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी प्रशान्तलाई भारतीय सञ्चारमाध्यमले उद्धृत गरेका छन् । तामिलनाडुका राज्यपालले सामजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति ...

हावाहुरीले रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति

Image
वीरगंज, ६ असार । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रूख ढलेर क्षति पुगेको छ । बिहीवार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रूख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो । राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए । उनले वैकल्पिक व्यवस्था गरी क्रमकि रूपमा विद्युत आपूर्ति सुचारू गर्ने कार्य भइरहेको उल्लेख गरे ।

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

Image
बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, बारा प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले कुशवाहाको हत्या लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले सोधपुछका लागि २ जनालाई नियन्त्रणमा लिए पनि परिचय भने खुलाएको छैन। शुक्रवार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका–३ बतरा टोलमा अज्ञात समूहले गोली हानी कुशवाहाको हत्या गरिएको हो । कोखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगंजको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । आदर्श कोतवाल गाँउपालिका २ का स्थायी बासिन्दा कुशवाहा गाँउबाट कलैया तफ जाने क्रममा मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, जग्गा कारोबार सम्बन्धी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । गोली प्रहारमा संलग्नहरू मृतकको चिनजानकै व्यक्ति हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् । स...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

Image
वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत दान गरेका छन् । रगत दान गर्नेहरूमा रन्जु देवी,रेणु देवी, पिंकी पाण्डे,रामविद्या चौधरी, सपना अग्रवाल, देवी सहाय मिना, ईश्वरचन्द्र यादव, हरिशंकर शर्मा, तरूण कुमार, सन्जिव कुमार, चन्दन श्रीवास्तव लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगंजका राजन श्रीवास्तवले जानकारी दिए । रक्तदान कार्यक्रममा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना, रेडियो वीरगंजका अध्यक्ष ध्रुब साह,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतको उपस्थिति रहेको थियो । पर्सामा रक्तदाता सम्मानित विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले  एक कार्यक्रमको आयोजना गरि विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेलले सम्मानित संस्था र व्यक्तिहरूलाई सम्मान गरेका छन् । ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाका अध्यक्ष शत्रिधन नेपालको अध्य...