एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल
वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार प्रेस चौतारी पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले छ । एमालेले आफनो अनुसार रणनीति सरकार चलाउने बताए । उपाध्यक्ष पोखरेलले अहिलेको सरकार फेरबदल नहुने बताए । बाहिर चलेको कुरा जस्तो वर्तमान सरकार फेरबदल हुने निराधार रहेको प्रष्टयाए । सरकार फेरबदल नभएपनि मुलुकका मेजर पार्टीहरू एउटा अन्डरस्ट्यान्डिङमा जानुपर्ने उनको सुझाव छ । कसैले एक्लै पारेर देशको समृद्धि नहुने भएकोले मेजर पार्टीहरू एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाइ छ । यसरी देश समृद्धिको सवालमा एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्पm अगाडि बढ्ने उनी बताउँछन् । उनले हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्पm ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सदभाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढंगले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ् मार्न सक्छ ।' कृषि, पयर्टन, उर्जासहित आर्थिक क्षेत्रलाई कसरी मजबुत बनाउन सक...