Posts

डाटा लोड हुँदैछ...

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

Image
वीरगंज, १५ कात्तिक । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड रुपियाँँमा खरिद गरी एमआरआई मेसिन ल्याएको थियो । यद्यपि प्राविधिक कारणवश मेसिन सञ्चालनमा ल्याउन नसक्दा जडान गरेर पनि प्रयोगविहीन अवस्थामा राखिएको थियो । गत असोज १३ गते अस्पतालको १ सय ३१ औँ स्थापना दिवसमा सङघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एमआरआई मेसिनको उदघाटन समेत गरेका थिए । तर प्राविधिक कारणले मेसिन अस्पतालले सञ्चालनमा ल्याउन सकेको थिएन । मङ्गलवारदेखि एमआरआई मेसिन सञ्चालनमा ल्याइ अस्पतालमा पहिलो पटक एमआरआई सेवा शुरू गरिएको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए । पहिलो दिन दुर्ई जना बिरामीको एमआरआई गरिएको जानकारी उनले दिए । नारायणी अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइएको एमआरआई मेसिन नेपालभरमै उत्कृष्ट र अद्यावधिक मानिएको ७६ च्यानल र थ्री टेस्लाको रहेको उनले बताए । आन्तरिक परीक्षण र विशेषज्ञको टोलीले विशेष तालिम लिएपश्चात मङ्गलवारदेखि एमआरआई मेसिन पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए । डाक...

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

Image
वीरगंज, १५ कात्तिक । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् । कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षीय युवक राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा क्याम्पसको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेको बुझिएको छ । बाराको विश्रामपुर गाउँँपालिका – ५ नकटुवा निवासी महतोको अहिले वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो र हातमापनि गम्भीर चोट लागेको छ । यद्यपि उनी अहिले खतरामुक्त छन् । क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार छिमेकी एक महिलाले बिहान क्याम्पस भवन पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर शिक्षक र विद्यार्थीहरूलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विद्यार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा पुर्रुयाएका थिए । प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा ल्याइएको तुलाधरले जानकारी दिए । महतो अ...

सर्राफ हत्या प्रकरणः दशजना पक्राउ, बजार बन्द, अन्त्येष्टि गरियो

Image
बारा १४ कात्तिकः   गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।   मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन्  । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेको थिए । कलैया उपमहानगरपालिकाका प्रमुख  बिनोद साह, नेकपा (माओवादी केन्द्र)का  युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिहलगायत विभिन्न राजनितिक दलका नेता, नागरिक अगुवा, निजी तथा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।   उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत बिभिन्न संघ–संगठनहरुले  घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको बिरोधमा ब...

रुपेश हत्या प्रकरणः ६ जना पक्राउ

Image
वीरगंज, १४ कात्तिक ।  बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । पक्राउ पर्नेहरूमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन । सोमवार दिउँसो दुर्ई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगंजस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । आपसी सम्बन्ध र रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आज रुपेशको शवको अन्त्येष्टि भइरहेको छ । 

कान्छी पत्नीलाई छुरा प्रहार गर्ने पति–पत्नी पक्राउ, सासु, ससुरा फरार

Image
वीरगंज, १३ कात्तिक । कान्छी श्रीमतीलाई छुरा प्रहार गर्ने पति र उनको जेठी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । फूलपाती दिन कात्तिक ४ गते राती ८ः४५ बजेको समयमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ बहुअरी बस्ने वर्ष ४५ को एजहारूल हक अंसारीले कान्छी श्रीमती वर्ष २८ की महिमा खातुनलाई छुरा प्रहार गरेर फरार भएका थिए । घरायसी विवादका कारण अन्सारीले महिमालाई कुटपिट गर्नुका साथै धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेका थिए । गम्भीर घाइते भई अचेत अवस्थामा महिमालाई उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा कात्तिक ५ गते विहान १०ः३० बजे मृत्यु भएको थियो । अन्सारीको दुर्ई वटा श्रीमती रहेको र कान्छी श्रीमती महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा वर्ष ६५ को फजल करिम मियाँँ, सासु आमा वर्ष ६३ की सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले कुटपिट गरेका थिए । सोही क्रममा अभियुक्त एजहारूल हकले धारिलो हतियार छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीले एजारुलको जेठी श्रीमती ३८ वर्षीया नुरजहान खातुनलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका...

गोली प्रहारबाट घाइते प्रअ स्वर्णकारको निधन

Image
वीरगंज, १३ कात्तिक ।   अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैया निवासी रूपेश स्वर्णकारको मृत्यु भएको छ ।   अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार भएको थियो छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् ।

कलैयाका निजी विद्यालयका प्रअमाथि गोली प्रहार

Image
वीरगंज, १३ कात्तिक । बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रूपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार गरिएको छ । गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक रहेको छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।