Posts

डाटा लोड हुँदैछ...

एक करोड ४२ लाख मूल्य बराबरको सामानसहित दुई ट्रक बारा प्रहरीको नियन्त्रणमा

Image
वीरगंज, १८ असोज । जिल्ला प्रहरी कार्यालय, बाराले एक करोड  ४२ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको ट्रकलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया शुरु गरेको छ ।   बुधवार बिहान बारा, जितपुरसिमरा उ.म.न.पा.वडा न. ११ अमलेखगंजमा वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ नं.को ट्रक चेकजाँच गर्दा ४९ लाख ८२ हजार मूल्य बराबरको सामान रहेको र सो सामान बिलबिजक भन्दा बढी र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् ।   यसैगरी सोही दिन वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा ९२ लाख १९ हजार मूल्य बराबरको विभिन्न सामान बिलबिजकभन्दा बढी देखिएपछि नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् । 

जिउतियाकाे अवसरमा शुक्रबार वीरगंजका विद्यालय विदा

Image
वीरगंज, १८ असाेज । जिउतिया पर्वकाे अवसरमा वीरगंज महानगरपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ । वीरगंज महमनगरपालिका नगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन वीरगंजमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ। तराई मधेसमा मनाइने महिलाहरुकाे महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएकाे छ ।

साढे आठ हजार किलो गहुँसहित टयाक्टर नियन्त्रण

Image
वीरगंज, १७ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएका आठ हजार ५६० केजी गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।   बुधवार बिहान भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगंजतर्फ आइरहेको ना.१ ख ९६४२ नम्बरको ट्याक्टरमा लोड रहेको आठ हजार ५६० किलो गहुँ सूचनाको आधारमा प्रहरीले वीरगंज वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा नियन्त्रण लिएको थियो । प्रहरीलाई देख्ने बित्तिकै चालकले टयाक्टर छाडेर फरार भएका थिए ।   टयाक्टर र गहुँ कारबाइको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

बुहारीको हत्याको आरोपमा जेठाजुसहित तीनजना पक्राउ

Image
वीरगंज, १६ असोज । बुहारीको हत्याको आरोपमा दुईजना जेठाजुसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले मंगलवार पत्रकार सम्मेलन गरी असोज २ गते कान्ती देवी बिनको हत्यामा संलग्न दुई जेठाजुसहित तीनजनालाई सार्वजनिक गरेको हो । असोज २ गते दिउँसो ३ः०० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल बस्ने स्व. सनिक राउत बिनको पत्नी वर्ष ५६ की कान्ती देवी बिनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । कान्तिको छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारीबाट बिदा लिएर घर आएपश्चात लालबाबु राउत बिनको नाममा असोज ७ गते किटानी जाहेरी दिएपछि प्रहरीले लालबाबूलाई पक्राउ गरेको थियो । लालबाबुले बयानको क्रममा मृतक कान्तिदेवीका जेठाजु चन्द्रिका राउत वीन र अमीरीका राउत बिन पनि हत्यामा संलग्नता रहेको बताएपछि प्रहरीले चन्द्रिका र अमिरिकालाई असोज १४ गतेको पक्राउ गरेको थियो । लालबाबुले प्रहरी बयानमा बताए अनुसार असोज १ गते राति तीनैजनाले कान्तिदेवीको घरमा चोरी गर्ने योजना बनाई सेन काटेर घर भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ ।...

सामुदायिक विद्यालयमा छड्के अनुगमन, अनुपस्थित प्रअ र शिक्षकसँग स्पष्टिकरण माग

Image
वीरगंज, १५ असोज वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त बनाउन छड्के अनुगमन पुनः सुरु गरेको छ ।   महानगरको शिक्षा समितिद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादवको नेतृत्वको टोलीले सोमबार वडा नं. १५ र १६ को २ वटा विद्यालयको छड्के अनुगमन गरेको हो ।   विद्यालयको नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको संयोजक यादवले जानकारी दिनुभयो ।   अनुगमनका क्रममा वडा नम्वर १५ भिषुवामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा प्रधानाध्यापकसहित ४ जना र वडा नं. १६ को श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय शुक्रराजमा २ जना शिक्षक अनुपस्थित भेटिएका छन् । अनुपस्थित भेटिएका शिक्षकका साथै शुक्रराज आधारभुत विद्यालयका प्रधानाध्यापकको व्यवहार समेत अनुचित देखिएकाले उनलाई पनि स्पष्टिकरण माग गरिएको छ ।  २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछान...

उन्नाइसौँ एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

Image
काठमाडौँ, १५ असोज : उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । आजको खेलमा नेपालले बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । पहिलो हाफमा नेपालले २१–१६ अङ्कको अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले १६–८ अङ्कको अग्रता लिएपछि जित पक्का भएको हो । महिला कबड्डीतर्फ नेपाल 'समूह बी'मा रहेको छ । उक्त समूहमा नेपालसँगै बङ्गलादेश र इरान छन् । अब नेपालले महिला कबड्डीमा बलियो मानिएको इरानसित खेल्नेछ । इरानले बङ्गलादेशलाई पराजित गरेको अवस्थामा मात्र नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । यस्तो अवस्थामा नेपालले पदक पाउने पक्कापक्की हुन्छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो । महिला कबड्डीको 'समूह ए'मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान रहेको छ ।   महिला भलिबलमा नेपाल दक्षिण कोरियासित पराजित उन्नइसौ...

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Image
काठमाडौँ, १५ असोज : जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो । यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । "अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई÷तीन दिन रहने यो प्रणालीले धान विगार्छ, खुलेपछि मात्रै काटौँ", उहाँले रासससँग भन्नुभयो । उहाँका अनुसार नेपाल...