महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान 'ए' सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको 'ए' टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान 'ए' ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो । नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन् । उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन् । त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान 'ए' की सईदा शाह र तुवा हसनले समान दुई÷दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान 'ए' ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् । त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् । बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता ज...