फाइल फाेटाे काठमाडौं ,१०बैशाख: निर्वाचन आयोगले मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। मुख्यमन्त्री यादवले उपनिर्वाचनमा आचारसंहिताविपरित कार्य गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। मुख्यमन्त्री यादवले उपनिर्वाचनमा स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहितविपरित कार्य गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएका आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए। उपनिर्वाचन भइरहेको अवस्थामा मुख्यमन्त्री यादव अनुमतिविना पचरौता नगरपालिका क्षेत्रमा गएको पाइएपछि उनीसँग २४ घण्टे स्पष्टीकरण सोधिएको ज्ञवालीले बताए। बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरित हुने गरी कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को...