Posts

डाटा लोड हुँदैछ...

बीरगन्जका चामल व्यापारीहरुको गोदममा प्रहरीको छापा,३५ लाख मुल्य बराबरको भन्सारी छली खाद्यान्न बरामद

बीरगन्ज,१ पुस – नेपाल प्रहरी र सशत्र प्रहरीको सयुक्त टोलीले बीरगन्ज महानगरपालिकाको वडा नं. १० स्थित चारवटा गोदाममा छापा मारी गरी झण्डै ३५ लाख बराबरका भन्सार छली गरी ल्याईको सामान बरामद गरेको छ । खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले बिहिवार बेलुका छापा मारेको हो । उनीहरुको चामल गोदामवाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद गरिएको भन्सारी छलीका खाद्यान्नहरु बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । सञ्चालकहरुले सामानको बिल विजकहरु देखाउँन नसकेपछि समानहरु नियन्त्रणमा लिइएको गिरीले बताए । नेपाल प्रहरी र सशत्र प्रहरीकै सेटिङ्गमा नेपाल भारत सिमा क्षेत्रमा तस्करी मैलाएको भएपनि व्यापरीहरुसँग लेनदेनको कुरा नमिलेपछि छापामा गरिएको रानीघाटका व्यापारीहरुको भनाई छ । तर नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह आएको केहि दिन नबित्दै प्रहरीले गोदाममा छापामारी गिएको भन्दै उनकै ...

एमआरआइ मेसिन खरिद प्रकरणमा नारायणी अस्पताल भन्छ : मेसिन खरिदको सबै काम मन्त्रालयबाट भएको हो

Image
मधेसखबर वीरगन्ज,२९मंसिर : वीरगन्ज स्थित नारायणी अस्पतालले झन्डै ३० करोड रुप्ेयामा चिनियाँ कम्पनीको एमआरआई मेसिन खरिद गरेको छ। टेन्डरमा एउटा मात्र कम्पनीले निवेदन दिए पनि त्यसलाई स्वीकार गरिएको थियो। तर, मेसिन खरिद प्रक्रियाको सबै काम स्वास्थ्य मन्त्रालयले नै गरेको अस्पताल प्रशासनको भनाइ छ। नारायणी अस्पताललले ३० करोड रुपैयामा चाइनिज उत्पादक कम्पनि युनाइटेड इमेजिसन हेल्थकेयर प्रालिले उत्पादन गरेको एमआरआइ मेसिन खरिद गर्दा त्यसमा अनियमितता भएको आशंका गरिएको छ ।तर अस्पताल प्रशासनले भने एमआरआइ मेसीन खरिद प्रकृयामा अस्प्तालको निर्णायक भूमीका नै नरहेको प्रष्टिकरण दिएको हो । अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले एमआरआइ मेसीनको प्राविधिक स्पेसिफिकेसन बनाउने देखि टेण्डर स्वीकृत गर्ने सम्मको सम्पूण काम मन्त्रालयले नै गरेकोले आफुहरुको भूमीका त्यसमा नभएको बताए ।सिंहका अनुसार , एमआरआइ मेसीन खरिदका लागि आवश्यक अनुमानित लागत रकम मन्त्रालयले निकासा गरेपछि अस्पताल प्रशासनले एमआरआइ मेसीनको प्राविधिक स्पेसिफिकेसन बनाउने जिम्मा मन्त्रालयलाई पत्रचार गरेर दिएको थियो । त्यसपछि मन्त्रालय आफैले व...

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

Image
जनकपुरधाम २९ मंसिर । धनुषामा मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन् । बिहीवार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनको शवलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : माधव नेपाल

काठमाडौं,२९ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।​ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् । ‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’, नेता नेपालले भने, ‘तर राष्ट्रपति बनाउन राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने छैन ।’ उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभएपनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने होइन’, नेता नेपालको भनाइ छ । अध्यक्ष नेपालले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए । ‘निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपतिलाई ...

विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त पक्का

बीरगन्ज,२९ मंसिर – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ। गएराति भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। बुधबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना छैटौं पटक विश्वकप फुटबलको फाइनल पुगेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको छ। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ। छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना र उसका कप्तान लियोनल मेस्सी विश्वकप उपाधिको नजिक पुगेका हुन्। उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ। यता मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ। सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो। फ्रान्सले अर्जेन्टिनालाई पराजि...

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवामगन रोकिने

Image
फाइल फोटो   वीरगन्ज,२७ मंसि र : नारायणगढ मुग्लिन सडक खण्डमा पुष ५ गते जदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा मङगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ । काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुब...

मधेश प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नेता ?

जनकपुर,२७ मंसिर । मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी छन् । यद्यपि प्रवल दाबेदारका रुपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्ण यादव र निवर्तमान संसदीय दलका नेता समेत रहेका नवनिर्वाचित सांसद रामसरोज यादव हुन् । त्यस्तै निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नवनिर्वाचित सांसद विरेन्द्र सिंह र कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन क्षेत्री पनि आकांक्षी छन् । दलको नेताको दाबेदार चारैजना संस्थापन पक्षकै हुन् । कृष्ण वा रामसरोज मध्ये एकजना दलको नेता बन्ने अवसर पाउन सक्ने प्रवल सम्भावना रहेको कांग्रेसकै नेताहरु बताउँछन् । पहिला पनि दलको नेता रहिसकेकाले फेरि पनि दलको नेताको आकांक्षी हुनु स्वाभाविक रहेको रामसरोजको तर्क छ । उनी दलको नेता भएर यसअघि झण्डै एक वर्ष जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा महत्वपूर्ण भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् । ‘म पहिला पनि दलको नेता रहिसकेको छु । मसँग दलको नेताको अनुभव छ । त्यसैले फेरि पनि दलको नेतामा मेरो दावी स्वाभाविक ह...