Posts

Showing posts from January, 2025
डाटा लोड हुँदैछ...

वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा चारजना पक्राउ

Image
वीरगंज, १८ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई पक्राउ गरेको छ । वीरगंजको होटलमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा उनीहरू पक्राउ परेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । वीरगंज भन्सार नजिक रहेको होटलबाट उद्धार गरिएका दुई महिलाको बयानको आधारमा उनीहरू पक्राउ परेको प्रवक्ता भट्टले बताए । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १४ की ३८ वर्षीया मिराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका २ टिकुलियाकी ३२ वर्षीया सुक्रान्ती चौधरी, ओखलढुंगा देयाले गाउँपालिका ५ का ३३ वर्षीय दीपेश राई र भारत बिहार, छपराका ३५ वर्षीय मनेजर राय रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भन्सारस्थित होटल स्वस्तिक र होटल रितेशबाट दुर्ई जना महिलाको उद्धार गरेको थियो । ती महिलाले दिएको बयानका आधारमा चार जना पक्राउ परेका हुन् । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन कसूर बमोजिम पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारबाई प्रक्रिया अघि बढाइए...

२० वर्षपछि चरेस मुद्दाका फरार अभियुक्त पक्राउ

Image
वीरगंज, १८ माघ । लागु औषध चरेश मुद्दामा कैद सजाय तोकेपछि फरार भएका एकजना अभियुक्तलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १६ नगवा बस्ने वर्ष ४१ को चन्दन कुमार रौनियारलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । लागु औषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र रू १०,००० जरीवाना पर्सा जिल्ला अदालतले २०६१।०३।१३ गते फैसला गरेपछि रौनियार फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले बिहीवार दिउँसो १ बजे वीरगंज महानगरपालिका वडा नं.१६ नगवाबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा कैद भुक्तानको लागि बुझाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जनाएका छन् । साथै पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

नारायणी अस्पतालका जीर्ण भएको भन्दै चिकित्सकद्वारा सडकमा धर्ना

Image
वीरगंज, १८ माघ । नारायणी अस्पताल वीरगंजको नयाँ भवन निर्माण गर्नुपर्ने माग गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले शुक्रवार बिहान सडकमा धर्ना दिएका छन् । नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पतालको भौतिक संरचनाको जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा रहेका चिकित्सकहरुले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् । अस्पताल जीर्ण भएपछि उपचार सेवा लिन आउने बिरामी र स्वास्थ्यकर्मीहरू दुवैले सास्ती भोग्नुपरेको चिकित्सकको भनाइ छ । दशकौंदेखि स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनहरूमा सञ्चालन हुँदै आएको यो अस्पताललाई राज्यले उपेक्षा गर्दै आएको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन् । श्री ५ पृथ्वी वीरविक्रम शाहको आदेशअनुसार काठमाडौं उपत्यकाबाहिरका जनताका लागि बीरगंजमा नारायणी अस्पतालको स्थापना गरिएको थियो । हाल नारायणी अस्पताल ३०० शैयासहित सञ्चालनमा छ, तर यसको भौतिक संरचना निकै जीर्ण भइसकेको चिकित्सकको भनाइ छ । नेपालका अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल पुरानै कमजोर भवनमा सीमित रहेको चिकित्सकहरुले बताएका छन् । नेपाल सर...

‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य छैन: महासचिव दाहाल

Image
काठमाडौं, १७ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको 'सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य नहुने कुरामा वक्ताहरूले जोड़ दिनु भएको छ। नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनमा निर्वाचित राष्ट्रिय परिषद सदस्य एवं प्रदेश परिषद सदस्यहरूलाई प्रमाण पत्र हस्तान्तरण गर्न आयोजित समारोहमा वक्ताहरूले त्यस्तो जोड़ दिनु भएको हो । समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव राम प्रसाद दाहालले उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बताउनु भयो। प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको भन्नु हुँदै महासचिव दाहालले लोकतान्त्रिक समाजमा सामाजिक सञ्जाल सूचना तथा अभिव्यक्ति आदान-प्रदानको महत्वपूर्ण माध्यम रहेको भएपनि यसलाई कठोर नियन्त्रणमा ल्याउने प्रयास प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमणको संकेत रहेको बताउनु भयो। महासचिव दाहालले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान ...

हुन्डीको रकमसहित एकजना भारतीय पक्राउ

Image
वीरगंज, १७ माघ ।  वडा प्रहरी कार्यालय विर्ताले स्रोत नखुलेको छ लाख नगदसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।   मङ्गलवार दिउँसो ४ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगरबाट बिआर०५ क्यु४३८४ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको रक्सौल वडा नं.१४ बस्ने वर्ष २७ को ओमकुमार रौनियारलाई चेकजाँच गर्दा मोटरसाइकलको बाँयापट्टीको लेगगार्डमा चामलको बोराभित्र लुकाइ छिपाई राखिएको नेपाली रू. ५०० दरका नोट १२०० थान गरी ६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ परेका रौनियारलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् । 

भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु

Image
प्रयागराज (भारत), १६ माघ (रासस/एएफपी) : भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् । भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो घटना अघि नै दुःखद इतिहास थियो । छ हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलन विन्दु हो र बुधबार पवित्र स्नानको दिनमा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो । "अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ । अरूको उपचार भइरहेको छ", मिडियासँग बोल्न अधिकार नभएको बताउँदै नाम नखुलाइएका उत्सवस्थलका चिकित्सकले बताए । उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर लैजाँदै गरेको देखिएको थियो । प्रहरी अधिकारीहरूले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो । दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो...

इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

Image
वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक जितेका छन् । कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन् । खेल सकेर फर्किएका विद्यार्थीहरूलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी खाँदा, टीका र पुरस्कार प्रदान गरी सम्मान गरेको छ । कोशी प्रदेशको ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउनहलमा आयोजना गरेको दुईदिने प्रतियोगितामा ५५ किलो तौलका यादव र ७४ किलो तौलका पटेल प्रथम हुँदै स्वर्ण जितेको कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए । कलेजका शैक्षिक निर्देशक दीपक पटेलले बाटो जति कठिन हुन्छ, सफलता पनि त्यति नै उच्च हुने बताउँदै बिद्यार्थीहरूमा रहेको प्रतिभा समयमै पहिचान भयो भने भविष्यमा अगाडि बढ्न सजिलो हुने जिकिर गरे । उनले बिद्यार्थीलाई सम्मानित गर्दै यस कलेजमा अध्यनरत बिद्यार्थीले पदक जित्दै कलेजलाई गौरवान्वित बनाएको बताए  । नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगंजले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जिते...

बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

Image
वीरगञ्ज, १४ माघ/ रासस  वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो । कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ । हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन् । कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताउनुभयो । ''किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ'', उहाँले भन्नुभयो, ''उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरहनुभएको छ ।'' कार्यालयले दैनिक चार बजेभित्र कृषकले ल्याएको धान तौलिन भ्याएमा सोही दिनभित्रै भुक्तानी गर्दै आइरहेको जनाएको छ । विगतका दुई वर्ष बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मू्ल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । सरकारले यो वर्ष सोनामन्सुली धानप्रति क्वीन्टल रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा समर्थन मूल्य तोकेको छ । त्यसैगर...

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा सम्पन्न

Image
वीरगंज, १३ माघ  । 'भन्सार प्रशासनको प्रतिबद्धताः दक्षता, सुरक्षा र समृद्धितफ' भन्ने नाराका साथ सप्ताब्यापी ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित एकीकृत जा"च चौकी (आइसिपी) मा सम्पन्न गरेको छ । समापन समारोहमा प्रमुख अतिथि पर्सा तथा स्थानीय राजस्व चुहावट नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, समितिका वरिष्ठ सदस्य तथा भन्सार विभागका उच्च अधिकारीहरू, स्थानीय प्रशासनका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, यातायात तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता निमित्त भन्सार प्रमुख रामप्रसाद पाठकले गर्नुभएको थियो । समापन समारोहमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार वितरण, खेलकुद तथा विविध सम्मान कार्यक्रमहरू सम्पन्न भएका थिए।

विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

Image
वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग  शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा वीउवा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले रक्सौलको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन, रेल्वे क्रसिङ्गमा आकाशे पुलको अभावमा दुवै देशका जनताहरूले घण्टौं जाममा परी सास्ती भोग्नु परिरहेकोले यथाशीघ्र आकाशे पुलको निर्माण गर्न र नेपाल–भारत बीचको खुला सिमानाका कारण अवाञ्छित भइरहेकोले सोलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारत दुवै देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक फाइदा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अनुमण्डल उप–जिल्ला अधिकारी शिवाक्षी दिक्षीतले रक्सौलमा एयरपोर्ट निर्माणको लागि आपूmले पहल गरिरहेको बताउनुभयो । एयरपोर्ट निर्माणको लागि स्थलगत निरीक्षण भई सकेको र निर्माण कार्य पनि चाँडै शुरू हुने बताउनुभयो । भेटघाटमा सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिबडेवाल, स्थानीय समाजसेवी महेश अग्रवाल, पत्रकार प्रणय कुमारको सहभागीता रहेको  थियो ।

शुभलक्ष्मी ट्रेडर्समा अनुगमन

Image
वीरगंज, १० माघ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले वीरगंज वडा न. १६ नगवा स्थित बाईपासरोडमा रहेको शुभलक्ष्मी ट्रेडर्समा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको नेतुत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले  अनुगमन गर्ने क्रममा शुभलक्ष्मी टे«डसबाट मिति उल्लेख नभएको पियुष गोल्ड ब्रान्डको धनिया ७००० किलो, ५५५ ब्रान्डको मेथी ६५१० किलो भेटिएपछि २४ घन्टाभित्र सोको कागजातसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएको छ । अनुगमन टोलीले तत्काल मेथी र धनिया बिक्री बितरणमा रोक लगाएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनुभयो । शुभलक्ष्मी ट्रेडर्स र शुभलक्ष्मी प्याकेजिङले गुजरातको उत्पादन भिक्टोरिया कम्पनीको जीरा, धनिया, मेथी, खुर्सानीको धूलो, सोपलगायत सामग्री आयात गरी आफ्नो उद्योगको ब्रान्डमा प्याकिङ्गमा बिक्री बितरण गर्दै आइरहेको थियो । आन्तरिक राजस्व कार्यालय पर्साका दीपेन्द्र कुमार झाले सो फर्मले राजस्व छलेको आशङ्का गर्दै कागजहरू झिकाएर अनुशन्धान गर्ने बताए । त्यसैगरी वीरगंज–...

सीमास्तम्भको नम्बरिङ तथा मर्मत कार्य

Image
वीरगंज, ०९ माघ । नेपाल–भारत अन्तर्राष्ट्रीय सीमा दशगजा क्षेत्रस्थित सीमा स्तम्भको रंगरोगन एवम् नम्बरिंग शुरू गरिएको छ । सशस्त्र प्रहरी दिवसको अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर १६ इनरूवा र भारत, पूर्वी चम्पारणको पन्टोका ग्राम पञ्चायत वडा नम्बर ४ सुन्दरपुरमा रहेको सीमा स्तम्भ नम्बर ३९१–६ को रंगरोगन तथा नम्बरिंग कार्य शुरू गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, नापी विभागका प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्ट लगायत सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति स.प्र.ना.उ. लोकेन्द्र सुब्बालगायतको सहभागीता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल  एसएसबीले संयुक्त रूपमा सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन शुरू गरिएको हो । मधेश प्रदेशका पर्सा, बारा, सर्लाही र सिराहा जिल्लाका सीमा स्तम्भहरूको सशस्त्र प्रहरी बल, नेपाल, नापी विभागका प्रतिनिधि...

वीरगंजमा बसको ठक्करबाट एकजनाको मृत्यु

Image
वीरगंज, ८ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ अन्तर्गत बुखार चौकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलवार बिहान करिब १०ः३५ बजे तेजस एकेडेमी +२ कलेजको ना ५ ख १५०४ नम्बरको बसले बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान बारा जिल्ला, फेटा गाउँँपालिका–५, जोदपुर गम्हरियाका ४२ वर्षीय शैमुदिन अन्सारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका थिए भने घटनावारे जानकारी पाएपछि प्रहरीले तुरून्तै घटनास्थल पुगेर बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणवारे अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाइएको छ। यस घटनाले सडक सुरक्षाको विषय फेरि चासोको विषय बनेको छ। स्थानीयले दुर्घटनास्थलमा ट्राफिक व्यवस्थापन मजबुत बनाउन माग गरेका छन।

सशस्त्र प्रहरी दिवसमा रक्तदान कार्यक्रम

Image
वीरगंज, ७ माघ । २४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सोमवार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए । कार्यक्रममा अनिल यादव, सञ्जय तामाङ, रोशन थापा, केदार तिमल्सिना, सागर कुमार यादव, अजय प्रसाद यादव, दिगम्बर पाण्डित,राजु पटेल, कमल केसी लगायतकाले रक्तदान गरेका हुन । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे । कार्यक्रममा प्रमुख अतिथी गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायतको सहभागिता थियो ।

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

Image
काठमाडौं, ६ माघ/ नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ । भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे । त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे । यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अÍित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे । रासस

मधेस आन्दोलनका शहीदहरुको सम्झना गरेर मनाइयो बलिदान दिवस

Image
वीरगंज, ५ माघ ।  बलिदानी दिवसको अवसरमा वीरगंजको घण्टाघरमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरूको प्रतिमाहरुमा माल्यार्पण गरिएको छ । मधेसी जनताको पहिचान र अधिकारका लागि आफ्नो ज्यानको आहुती दिने मधेश आन्दोलनका सहीदहरूको सालिकमा वीरगंज महानगरका मेयर राजेशमान सिंह लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा पूर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिहासन सा तेलीका साथै जसपाका नेताकार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो । मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादतप्राप्त गरेका शहिदहरूको स्मृतिमा माघ ५ गतेलाई मधेस केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउFदै आएका छन् । बलिदानी दिवस मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको योगदानलाई स्मरण गर्न मनाउने गरिन्छ । विशेषतः २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा यो दिवस मनाइन्छ। रमेश महतोको निधनसFगै शुरू भएको आन्दोलनले मधेशमा संघीयता र समावेशिताको मागलाई बलियो आधार प्रदान गरेको थियो। आन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा संघीय...

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

Image
गण्डकी, २५ पुसः ।  रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताउनुभयो । अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले जानकारी दिनुभयो ।  

हार्वर्ड युथ लिड द चेन्ज कार्यशालामा अल्पाइन माविका विद्यार्थीहरु सहभागी

Image
वीरगंज, २५ पुस । अल्पाइन माध्यमिक विद्यालय वीरगंजका कक्षा १० देखि १२ का विद्यार्थीहरु भारत, पञ्जाबस्थित ख्यातिप्राप्त चित्कारा विश्वविद्यालयमा नेतृत्व विकास सम्बन्धी तीन दिने कार्यशालामा सहभागी भएका छन् ।   हार्वर्ड विश्वविद्यालयबाट ग्रेजुएट गरेकाहरुले आयोजना गरेको प्रतिष्ठित 'हार्वर्ड युथ लिड द चेन्ज कार्यशाला'मा अल्पाइन माविका ११ जना विद्यार्थीहरु सहभागी भएका हुन् ।   तीन दिने आवाशीय उक्त कार्यशालामा हार्वर्ड युनिभर्सिटीबाट स्नातक गरेकाहरुले विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् । साथै प्रशिक्षित हुने विद्यार्थीहरुले अमेरिकाको ख्यातिप्राप्त विश्वविद्यालयहरुमा पढ्न पाउने, छात्रवृत्ति पाउने तथा नेतृत्व विकाससम्बन्धी क्षमता अभिवृद्धि हुने विद्यालयका प्रिन्सिपल विशाल उपाध्यायले जानकारी गराए । हार्वर्ड युथ लिड द च्यालेन्ज इन्डिया विन्टर २०२४–२५ कार्यक्रम भारतको चित्कारा विश्वविद्यालयमा जनवरी ८ देखि १० सम्म भइरहेको प्रिन्सिपल उपाध्यायले बताए । सो कार्यक्रमको वैश्विक स्तरमा निकै माग रहेको र यसलाई संसारभरिका विभिन्न प्रतिष्ठित स्थानमा सन् २००८ देखि आयोजना भइरहेको अल्पाइन माविका निर्देश...

मानवसेवा आश्रमलाई वाशिङ मेशिन सहयोग सहयोग

Image
वीरगंज, २५ पुस । नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई वाशिङ मेशिन र ३० थान कम्बल प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहीवार मानवसेवा आश्रमलाई एक थान वाशिङ मेसिन र कम्बल ३० थान सहयोग गरेका हुन् । कार्यक्रममा नेपाल आयल निगम वीरगंज शाखाका प्रमुख रमेश ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल, वीरगंजका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम मानवसेवा आश्रमका अभिभावक प्रकाश थारू, उद्योग बाणिज्य संघ वीरगंजका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति गणेश लाठ, मानवसेवा आश्रम वीरगंजका प्रमुख मुना पुलामी, वीरगंजका संस्थापक अध्यक्ष देवेश गुप्तालगायतको सहभागिता थियो । 

५० किलो गाँजासहित चारजना पक्राउ

Image
वीरगंज, २४ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले ५० किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ । पुस २३ गते राति ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २० हरपतगंज चोक नजीकैबाट चार जना व्यक्तिले टाउकोमा लागु औषध गाँजा बोकी जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएको छ । पक्राउ पर्नेमा बहुदरमाई न.पा.वडा नं.१ बिश्रामपुर निवासी ४० वर्षीय पारस यादव, सोही ठाउँ निवासी ५२ वर्षीय मैनादिन मियाँ, बहुदरमाई न.पा.वडा नं.७ तिनटोलीया बस्ने ३६ वर्षीय अकबर मियाँ, र बहुदरमाई न.पा.वडा नं.७ छपकैया बस्ने ४५ वर्षीय शिव महतो रहेको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले प्लाष्टिकको बोरा भित्र रातो प्लाष्टिकले बेरी राखिएको लागु औषध गाँजा ४ पोकामा ५० किलो बरामद गरेपछि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान  भइरहेको प्रवक्ता प्रनाउ लम्सालले बताए । 

सशस्त्र प्रहरी, पर्साद्वारा सीमाक्षेत्रका बासिन्दालाई कपाल काट्ने तालिम

Image
वीरगंज, २२ पुस । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वार्टर पर्साले पर्सा जिल्लाको धोबिनी गाउँपालिकाका सीमा क्षेत्रका विपन्न व्यक्तिहरुलाई निःशुल्क कपाल काटने तालीम शुरु गरेको छ । धोबिनी गापा–२ भिखमपुर स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर पर्सा परिसर भित्र आठ दिने कपाल काट्ने तालीम शुरु गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी नरेन्द्र सिंह धामीले जानकारी गराउनुभएको छ । बोर्डर एरिया डेभलपमेन्ट कार्यक्रम र क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत सशस्त्र प्रहरी बलले अन्तराष्ट्रिय सीमाना जोडिएका वडाका विपन्न नागरिकहरूलाई लक्षित गरी विगत देखिनै देशव्यापी रूपमा कार्यक्रम संचालन गर्दै आइरहेको छ । सो कार्यक्रम अन्तर्गत नै भिखमपुरमा कपाल काट्ने तालिम संचालन गरिएको हो । यस तालिममा सशस्त्र प्रहरी बलका तालिम प्राप्त केश कर्तक  प्रशिक्षकहरूबाट सीमा इलाकाका २० जना ईच्छुक युवाहरूलाई निःशुल्क रूपमा तालिम प्रदान गरिने छ ।  कार्यक्रममा धोबिनी गाँउपालिका प्रमुख मदन प्रसाद चौहान,  सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति स.प्र.उ. राधेश्याम धिमाल, प्रस्तावित सीमा सुरक...