Posts

Showing posts from November, 2024
डाटा लोड हुँदैछ...

वीरगंज आँखा अस्पतालद्वारा देवताल गापामा निःशुल्क आँखा शिविर

Image
वीरगंज, १५ मंसिर । वीरगंज आँखा तथा दाँत अस्पतालले शनिवार बाराको देवताल गाउँँपालिका वडा नं ३ मा निःशुल्क आँखा चेक जाँच शिविर सम्पन्न गरेको छ ।   श्री इन्द्रदेव मावि आमवामा सम्पन्न भएको स्वास्थ्य शिविरको आयोजना स्थानीय युवा शक्ति र वीरगंज आँखा तथा दाँत अस्पताल वीरगंजले गरेको थियो ।   शिविरमा २३० जनाको आँखा जाच गर्दा ६० जनामा मोतिबिन्दुको बिरामी भेटिएको थियो । यसैगरी १५ जना जलबिन्दुका बिरामी पनि भेटिएको थियो । मोतियाबिन्दु र जलबिन्दु भेटिएको बिरामीहरुको थप उपचारको लागि वीरगंज आँखा तथा दाँत अस्पतालमा गरिने अस्पतालका व्यवस्थापक अशोक पटेलले जानकारी दिए ।   शिविरमा बिरामीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

रेडियो वीरगंजको वार्षिकोत्सवमा २२१ जनाद्वारा रक्तदान

Image
वीरगंज, १५ मंसिर । रेडियो वीरगंजको २२औं वार्षिकोत्सवको अवसरमा २२ महिलासहित २२१ जनाले रक्तदान गरेका छन् ।   बाराका विभिन्नग्रामीण क्षेत्रबाट युवाहरूलाई रक्तदान गर्नका लागि ¥याली सहित लिएर रेडियो परिसरमा आएका थिए ।   रेडियो वीरगंजका प्रबन्धक धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना,पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानलगायतको सहभागिता थियो ।   सो अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका इन्चार्ज सौरभ राज पाण्डेले अध्यक्ष साहलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने साहले इन्चार्ज पाण्डे सहित रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग पु¥याउने केन्द्रका कर्मचारीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।   कार्यक्रममा राम प्रवेश चौधरी, अफरोज अर्पण, प्रदिप पण्डित, कमलेश गुप्ता, महम्मद कलाम, धिरज चौधरी, प्रभु साह, सनजोग श्रेष्ठ, रूपेश कुमार चौधरी, राम कुमार महतो, मनोज मिश्रा, रेनु चौधरी, तरूण कुमार, च...

गुजरातलाई हराउँदै अल्पाइन मावि अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफीको सेमिफाइनलमा

Image
वीरगंज, १४ मंसिर । भारत, राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेटे एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को सेमिफाइनलमा नेपालबाट अल्पाइन माध्यमिक विद्यालय, वीरगंज पुग्न सफल भएको छ । अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को आज भएको खेलमा नेपालबाट अल्पाइन मावि 'नीलो' सेमिफाइनलमा पुग्न सफल भएको हो । भारत, गुजरातको टीमलाई २८ रनले पराजित गर्दै अल्पाइन मावि 'नीलो' प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । १२ ओभरको खेलमा भारत, गुजरातको टीमले ८.१ ओभर खेल्दै ७२ रन मात्र बनाएको थियो भने अल्पाइन माविले दुई विकेटको क्षतिमा १०० रन बनाएको अल्पाइन माविका टिम कोच कलामुद्दीन अन्सारीले जानकारी गराएका छन् । जिल्ला क्रिकेट खेल परिषद एवं आरएसबिबिएले आयोजना गरिरहेको सो प्रतियोगितामा नेपाल तथा  भारतको बिहार, राजस्थान, युपी, गुजरातका विद्यार्थी खेलाडी सहभागी भएका छन् । बुधवार भएको उदघाटन कार्यक्रममा आयोजक समितिका संयोजक साबिर खान, अध्यक्ष मदनसिंह राठौर, रोहन सैनी, भगवान राम सैनी, सुरेन्द्र सिंह राठौरलगायत सहभागी भएका थिए ।   नेपालबाट सो ...

हिन्दूमाथि असहीष्णु नहुन बांगलादेश सरकारलाई विश्व हिन्दू महासंघको आग्रह

Image
काठमाडौं, १४ मंसिर । बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहीष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ। महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्नु हुँदै बंगलादेश सरकारलाई त्यस्तो आग्रह गर्नु भएको हो। बंगलादेशमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्वी माथि बारम्वार भइरहने आक्रमणका घटनाहरूबाट विश्व हिन्दु महासंघको चिन्तित रहेको भन्दै अध्यक्ष भण्डारीले नोभेम्बर २६, २०२४ मा बंगलादेश सम्मिलित सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरू श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवम अगुवाइ गरेको कारण जेल चलान गरेको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोले बंगलादेश सरकारबाट भएको उक्त कार्यको विश्व हिन्दु महासंघ घोर भत्सना गरेको छ । घटनाले संसारभरिका हिन्दु धर्म तथा ॐकार परिवारका अनुयायीहरूमा गहिरो चोट पुगेको छ । आफ्नो देशका बंगलादेशी हिन्दुहरू जो अल्पसंख्यामा रहेका छन् उनीहरूको धार्मिक स्वतन्त्रताको सम्मान र मानव अधिकारको रक्षाका लागि संवेदनशील बन्दै शान्ती सुरक्षाको प्रत्याभूति गराउनको...

डकैती र लूटपाट गर्ने हतियारधारी समूह सार्वजनिक

Image
जनकपुर,१४ मंसिर । महोत्तरीमा संगठित रूपमा डकैती र लुटपाट गर्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा लिएर पेसेवर रूपमा डकैती तथा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । प्रहरीले एक महिलासहित ६ जना लाई पक्राउ गरी सार्वजनिक गरेको हो । फरक फरक स्थानमा एउटै समूहले लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । भारत बिहार सितामाढी शिवनगर फुलहटा घर भई महोत्तरीको गौशालामा डेरा लिएर बस्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोद कुमार साह, सन्जु देवी साह लाई पक्राउ गरिएको छ । उनीहरू श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न सितामाढी जानकीनगरका ५२ वर्षीय रन्धिर साह, सितामाढी विष्णुपुर बस्ने सुधिर भण्डारी, महोत्तरी गौशाला–९ बिशहरपुरका २८ वर्षीय ललन साह, गौशाला–६ फुलकाहाका २६ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक जैसवारले बताए । पक्राउ परेका आरोपितहरूसँगै लुटपाट गर्ने ४ जना भारतमा पक्र...

यात्रीहरूलाई सास्ती दिने यातायात बिचौलियाहरु पक्राउ

Image
वीरगंज,१३ मंसिर । वीरगंजको भानुमार्गस्थित नयाँ बसपार्कमा यात्रीलाई सास्ती दिएको आरोपमा १८ जना यातायात बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट बिहीवार खटिएको प्रहरी टोलीले एकैसाथ १८ जना बिचौलियाहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगंज–१ का २१ व्र्षिय सन्जिव गुप्ता, वीरगंज–८ का ५१ वर्षीय विजय साह, वीरगंज–१० का १८ वर्षीय बजरंगी महत्तो, २२ वर्षीय राहुल महत्तो, ३८ वर्षीय विजय साह, २८ वर्षीय फिरोज खान,वीरगंज– १० का ३५ वर्षीय प्रभु पटेल,वीरगंज–१५ का ३१ वर्षीय सन्देश सिंह,वीरगंज–१६ का २० वर्षीय विकास पटेल रहेका छन् । यस्तै वीरगंज–१६ का २० वर्षीय विकास पटेल,वीरगंज–११ का ३१ व्र्षिय जयपुजन ठाकुर,२३ वर्षीय मनिष महतो,२२ वर्षीय चन्दन कुमार चौरसिया,३५ वर्षीय सन्तोष महतो,वीरगंज–१४ का २३ वर्षीय इद मियाँँ धोबी,वीरगंज–११ का ४० वर्षीय सुरज भगत माली,पर्साकै बिन्दवासिनी गाँउपालिका– १का २० वर्षीय संजिव गुप्ता,रौतहटको माधवनारायण नगरपालिका–१ का २५ वर्षीय नरेश साह सोनार,गोरखाको गोरखा नगरपालिका–९ का २६ वर्षीय सुशान्त कुँवर र भारतको ...

गोली हानी हत्या गरिएका क्याम्पस प्रमुखका मुख्य अभियुक्त बारा प्रहरीद्वारा सार्वजनिक

Image
वीरगंज, १३ मंसिर ।  जिल्ला प्रहरी कार्यालय, बाराले  रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याक मुख्य अभियुक्तलाई बिहीवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी कुशवाहा हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो। जेठ ३२ गते शुक्रवारका दिन रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो। जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ खजुरीया भन्ने ठाउँमा उनको हत्या भएको हो। आफ्नो घरबाट कलैयाबजार आउने क्रममा साँझमा गोली हानी कुशवाहाको हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेका जिल्लाको आदर्शकोतवाल गाउँँपालिका वडा नम्बर २ घर भएका नेपाली सेनाका भगौडा ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले सार्वजनिक गरेको हो। सुरेन्द्र समेत १७ जनाले एकिकृत भई  क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको प्रहरीको दावी रहेको छ। गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि सुरेन्द्रको भएको प्रहरीले जनाएको छ। सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका...

७१औं क्षयरोग नियन्त्रण दिवस वीरगंजमा पनि मनाइयो

Image
वीरगंज, १३ मंसिर । ७१औं राष्ट्रिय क्ष्ँयरोग नियन्त्रण दिवसको अवसरमा बिहीवार क्ष्ँयरोग सक्रिय खोज पडताल क्ष्ँयरोग अन्त्यको आधार नाराका साथ नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाले कार्यक्रम सम्पन्न गरेको छ । माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको कक्षामा छात्रछात्राहरुलाई क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा कार्यक्रम गरिएको थियो । नेपाल क्षयरोग नियन्त्रण संस्थाका सदस्य शम्भुप्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब मेट्रोसिटीका अध्यक्ष  अशोक बेरिवाल, सुदेश लाखे, नरोत्तम पाण्डे लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण उमेशकुमार गुप्ताले गरेका थिए । 

१७० किलो गाँजासहित दुर्ई जना पक्राउ

Image
वीरगंज,१२ मंसिर ।  जिल्ला प्रहरी कार्यालय, बाराले १७० किलो गाँजासहित दुर्ई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभार टोल बस्ने अन्दाजी ५० वर्षीय रमोद चौधरी र सोही ठाउँमा बस्ने दिनदयाल चौधरीको श्रीमति अन्दाजी ५२ वर्षकी मनमती देवी चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनिहरूको साथबाट १ सय ७० किलो (२१ पोका) लागु औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त लागू औषधसहित दुर्ई जनालाई पक्राउ गरेको हो । दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका – १ सय ७० किलो लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो । उक्त दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । 

गुगल म्यापको भर पर्दा कार नदीमा खस्यो, तीनजनाको मृत्यु

Image
वीरगंज, ९ मंसिर । गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ । भारतको उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेको रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कार शनिवार राती खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदाऔँ जिल्लाको दातागञ्जतर्पm जाँदै गरेको थियो। उनीहरू जीपीएसको प्रयोग गरेर यात्रा गर्दै थिए। इलाका अधिकृत आशुतोष शिवमका अनुसार यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो तर जीपीएसमा खसेको भागको परिवर्तन अद्यावधिक गरिएको थिएन। कार द्रूत तीव्र गति भएकाले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन। तीव्र गतिमा रहेको कार पुलबाट २५ फिट तल नदीमा बजारिँदा चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। 

एसिया कपका लागि क्रिकेटर रन्जित चयन

Image
वीरगंज,९ मंसिर । युएईमा यहि मंसिर १४ गतेदेखि शुरू हुन गइरहेको यू–१९ एसिया कप क्रिकेटका लागि क्यानले आइतवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यिय राष्ट्रिय टिम घोषणा गरेको छ । जसमा वीरगंज महानगरपालिका वडा नम्बर १२ निवासी रन्जित कुमार पनि पर्न सफल भएका हुन् । वीरगंज नेशनल इनफोटेक (एनआई) कलेजमा अध्ययनरत बाँया हाते बलर रन्जित कुमार नेपालको ए टिमबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाइसकेका छन् । सामान्य परिवारका रन्जित कुमारलाई एनआई कलेजले पूर्ण छात्रवृतिमा अध्ययन गराइरहेको छ । पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माबाट प्रशिक्षित रन्जित कुमार वीरगंजको प्रतिनिधित्व गर्दै मधेस प्रदेशको टिमबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । मंसिर १४ गतेदेखि युएईमा आयोजना हुन गइरहेको यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । उक्त समुहमा श्रीलंका, बंगलादेश र अफगानीस्तानपनि छन् । नेपालले आफनो पहिलो खेल मंसिर १४ मा श्रीलंकासंग खेल्नेछ ।

२३० जनाको मोतियाबिन्दु निश्शुल्क शल्यक्रिया

Image
वीरगंज, ९ मंसिर । पटेर्वा सुगौली गाउँपालिका–५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा मोतियाबिन्दु भएका २३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको छ । तीनदिने शिविरमा २३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको गापा अध्यक्ष दिनेश चौधरीले जानकारी दिए । पटेर्वा सुगौली गाँउपालिकाको समन्वयमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले गत शुक्रवारदेखि आइतवारसम्म सञ्चालन गरेको शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा र हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सकको टोलीले मोतियाबिन्द्ुको शल्यकृया गरेको चौधरीले बताए। तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले पर्साकै विभिन्न ६ वटा पालिकाका ७ वटा वडामा मंसिर ३ देखि मंसिर ७ गतेसम्म निःशुल्क आँखा चेकजाँच शिविरि सञ्चालन गरेको थियो । उक्त शिविरमा १ हजार ३ सय ७ जनाको आँखा परिक्षण गरिएकोमा तीमध्ये ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । तीनै ३ सय ९ जनामध्ये निचुटाको तीनदिने शिविरमा २ सय ३० जनाको निःशुल्क शल्यकृया गरिएको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारूले जानकारी दिइन् । ७ वटा वडामा आयोजिना गरिएको आँखा चेकजाँच शिविरम...

अल्पाइन मावि कक्षा १२ विज्ञान संकायका विद्यार्थीहरुलाई औद्योगिक भ्रमण

Image
वीरगंज, ५ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न उद्योगहरुको स्थलगत भ्रमण गरी जानकारी लिएका छन् । बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका दुर्गा पल्प प्रालि, नेपाल शालिमार सिमेन्ट प्रालि र मारुती फर्मा प्रालिलगायत उद्योगहरुको भ्रमण गरी  औद्योगिक जानकारी हासिल गरेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ । उनले अल्पाइन माविको कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण गराउनुको उद्देश्य प्रत्यक्षरुपमा उनीहरुले औद्योगिक वातावरण अनुभूति गर्न सकोस् भनी बताए । निर्देशक उपाध्यायले अल्पाइन माविले बेला–बेलामा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराई विभिन्न किसिमको जानकारी गराइरहेको बताए । भ्रमण अवलोकन कार्यक्रममा अल्पाइन माविका निर्देशक विनोद उपाध्याय, कार्यक्रम इन्चार्ज  इन्जीनियर बाबुल सिंह एवं रसायन शास्त्रका शिक्षक दीपक दारूका,ं वरूणकुमार निषादलगायत सहभागी थिए । 

mukesh basnet's cartoon

Image

लामिछानेलाई रिहा नगरे धर्नामा बस्ने चेतावनी

Image
वीरगंज, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउंदै पार्टी अध्यक्ष रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरू अनशनमा बस्ने चेतावनी दिएको छ । रास्वपा पर्साले बुधवार बृहत -याली सहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हो । रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको बृहत जुलुसमा रबि लामेछानेलाई निर्दाेष हुँदाहुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गरेको थियो । साथै  प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको फोटोसमेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाव र घम्सा घम्सी समेतको वातावरण बनेको थियो ।   जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा रास्वपा पर्साका केन्द्रीय सदस्य डा नन्दन यादव,  प्रदेश सदस्य पु...

एकैसाथ १० हजारबढी किशोरीहरूलाई आत्मरक्षा तालीम

Image
वीरगंज २७ कार्तिक । गिनिज बुकमा नाम दर्ज गर्ने तयारीका साथ वीरगंज महानगरपालिकाले १० हजार किशोरीलाई आत्मारक्षा तालिम दिने जनाएको छ । आज वीरगंजको  आदर्शनगर स्थित होटल सरोवरमा (स्काइलाइन मल) आयोजित पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिका एवं नेपाल भारत सहयोग मञ्चद्वारा संयुक्तरुपमा तालीमको आयोजना गरिएको जानकारी गराइएको थियो । वीरगंज महानगरपालिकाको आयोजना तथा  नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न हुने तालिममा बिषेशगरी १० हजार भन्दा बढि छोरी तथा छात्राहरूलाई आत्माबल उच्च बनाउन आत्मारक्षा तालिम प्रशिक्षण कार्यक्रम भोलि २८ गते बुधवारका दिन वीरगंजको आदर्शनगर रंगशालामा सञ्चालन हुने कार्यक्रम रहेको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । बिहान १० बजेबाट शुरू हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायीक र निजी विद्यालय, कलेजका १० हजार बढि छात्राहरूको सहभागीता रहने भएको छ । भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता राजनेश शेट्टीले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई तालिम दिन लागिएको मंगलवार पत्रकार सम्मेलन...

तराई मधेस देशको मेरुदण्ड– कमल थापा

Image
वीरगंज २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले तराई मधेस नेपालको मेरूदण्ड रहेको बताएका छन् । आज वीरगंजको आदर्शनगरस्थित टिबडेवाल धर्मशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशको कुल जनसंख्यामध्ये ४९ प्रतिशत जनसंख्या तराई मधेसमा रहेको रहेको बताए । उनले यहाँको भौगोलिक, सुगमता, यातायातको सुबिधा भएता पनि आर्थिक, सामाजिक, राजनीतिक दृष्टिकोणबाट तराई मधेस सदैव पिछडिएको बताए । उनले यहाँका जनताले विभिन्न किसिमका शोषण खेप्नुपरेको बताए । अध्यक्ष थापाले राजसंस्था र हिन्दू राष्ट्रको नारा बोक्ने राप्रपा नेपाल नै भएको बताए । राजा र हिन्दू राष्ट्र आफ्नो एजेण्डा भएकाले यो स्थापित भए वैचारिक दर्शन संवद्र्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्थासहितको प्रजातन्त्रको आवश्यकता रहेको उनको भनाई थियो । सनातन धर्म संस्कृति र गौरवशाली सभ्यताको रक्षा गर्दै सबल र समृद्ध नेपाल निर्माण गर्ने उनको भनाई थियो। संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए। महत्वपूर्ण निर्णय अगामी पुस महिनामा  सुनसरी जिल्ल...

बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान

Image
बलेवा (बागलुङ), २६  कात्तिकः बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहनुभएको छ । भ्यान सडकदेखि पाँच सय मिटरभन्दा धेरै तल खसेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा घाइते हुनुभएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ । उहाँलाई उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै छ । 

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

Image
वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी): अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ । सन् २०२० को चुनावमा हार अस्वीकार गर्नुभएका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गर्नुभएपछि राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित  सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गर्नुभएको थिएन। ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग नलिई नजिर तोड्नुभएको थियो तर ह्वाइट हाउसले डेमोक्र्याटिक राष्ट्रपति आगामी समारोहमा सहभागी हुने जनाएको छ । ह्वाइट हाउसका अनुसार पूर्व राष्ट्रपति ट्रम्पले निर्वाचनमा पाएको बहु...

घडीअर्वा पोखरी छठघाटको व्यवस्थापनमा १८ लाख बढी खर्च हुने

Image
वीरगंज २१ कार्तिक ।   छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजस्थित घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीले बुधवार पत्रकार सम्मेलन गरी छठ घाट व्यवस्थापनमा १८ लाखभन्दा बढी खर्च हुने जनाएको छ । टेण्ट पण्डालमा ७ लाख ८१ हजार, परिसर बाहिरको बत्ती सजावटमा ९० हजार, भिडियोग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख ८४, सरसफाइमा ७५ हजार रुपियाँ खर्च हुने भएकोले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा १८ लाख ४४ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी गराएका थिए । छठपुजा सुरक्षाको दृष्टिकोणले चारै तिर २२ ठाउँमा  सिसिटिभी जडान गरिने एवं नगर प्रहरी, जनपद प्रहरी, सस्त्र प्रहरीको मिलाएर १०० जना प्रहरी  र स्वयमसेवक ४० सदस्यको टिम द्वारा गस्ती गराउने एवं बोटिङ गार्ड समेत परिचालन गर्ने छठपुजा ब्यवस्थापन समितिका अध्यक्षले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो। कार्यक्रम वीरगंज महानगरपालिकाको सहयोगमा र टिकट बिक्रीबाट आएको रकम एवं २५० को नगदी सहयोग चिठ्ठाबाट सङ्कलन गरिएको बताएका थिए भने प्राइजमा इलेक्ट्रोनिक स्क...