Posts

Showing posts from July, 2024
डाटा लोड हुँदैछ...

खेस्राहामा सञ्चालित चारवटा घरेलु मदिरामा तोडफोड

Image
वीरगंज, १७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकाहामैनपुर गाउँपालिका–४ खेस्राहामा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीमा तोडफोड गरेको छ ।   प्रहरीले सो स्थानमा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीबाट दुई हजार कच्चा मदिरा र पाँच सय लिटर तयारी घरेलु मदिरा पोखेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी गराएका छन् ।  प्रहरीले मदिरा उद्योग सञ्चालन गर्नेहरुको खोजी गरिरहेको जिप्रका, पर्साका प्रवक्ता भारतीले जानकारी गराएका छन् । 

सिम्रौनगढमा करेन्ट लागेर वडाध्यक्षको छोराको मृत्यु

Image
वीरगंज, १६ साउन । बाराको सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्षको छोराको करेन्ट लागेर मृत्यु भएको छ ।   अमरपुरमा वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालको १९ वर्षीय छोरा दीपककुमार जयसवालको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  करेन्ट लागेर घाइते भएका दीपकको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । 

पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

Image
वीरगञ्ज (पर्सा), १६ साउनः गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भन्नुभयो, "आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्काेतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षांैदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन्", उहाँले भनुभयो । उहाँले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्र्ने उद्यमीलाई सहज रुपमा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताउनुभयो । "अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ । जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्", उहाँले भन्नुभयो, "राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्सा...

बस दुर्घटनामा १७ जना यात्री घाइते

Image
वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।   बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।  वीरगञ्जदेखि नारायणगढ हुँदै भैरहवाका लागि चल्ने बस दुर्घटनामा परेको उनले बताए । भारत बेन्च कम्पनीदेखि ५० मीटर दक्षिणतिर र ज्योती फर्मको अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा १५–१६ जना यात्री घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जको गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।   दुर्घटनामा परी जीतपुरसिमरा उपमनपा–७ का शङ्कर गुरुङ, कलैया उपमनपा–१८ बस्ने कन्हैया गुप्ता, चितवन, कालिकामाई गापा–५ बस्ने तिलक भट्टराई, हेटौंडा उपमनपा–१५ बस्ने सागर गोले, अमिर थापा, वीरगंज महानगर–५ बस्ने दीपेन्द्रकुमार गुप्ता, वडा नं १५ बस्ने विक्रम राना मगर, महागढीमाई नपा–५ बस्ने सर्वजीत राम, भारत, रक्सौल बस्ने साहिद अन्सारी, जीतपुरसिमरा–३ बस्ने जानुका ढुङ्गाना, हेटौंडा उपमनपा–९ बस्ने गौरी श्रेष्ठ, वीरगंज–६ बस्ने स्वयव अन्सारी, हेटौंडा उपमनपा–१५ बस्ने सुमन लामा, सरस्वती काफ्ले, ठोर...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

Image
काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरूको सहभागीता थियो ।   राष्ट्रपति पौडेलले आइतवार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरे...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

Image
वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई  निःशुल्क  खान-बस्न व्यवस्था मिलाएको छ । बसको यात्रीहरूको आफन्त र परिवारजनहरूलाई नारायण्घाटमा बास बस्न र खान कुनै अप्ठेरो नहोस भनेर होटल व्यवसायी महासंघले पहल गरेको हो । बेपत्ता यात्रीहरुका आफन्तहरू ठूलो पीडामा भएको र उनीहरूसँग पैसाको समेत अभाव हुन सक्ने भन्दै तथा खोजबिनमा सहजता होस भनेर होटलमा बास र खान निःशुल्क गरेको होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी गराए । विपत्तिमा रहेका आफन्तजनलाई खान र बस्न सहयोग गर्नुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा संयोजक समेत रहेका हरि पन्तले नारायणघाटका होटल ब्यबसायीहरूसँग पहल गरेका थिए । सो घटनापछि नारायणघाटका स्थानीय होटल ब्यवसायीहरूले विपत्तिमा परेका आफन्तजनहरुलाई नारायणघाटमा खान र बस्न निशुल्क गर्ने घोषणा गरेका छन् । शुक्रवार नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा खसेका दुर्ई वटै बसमा सवार भएकाहरू बेपत्ताहरुको खोजी कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ । उनले नारायणगढ मुग्लिन सडक...

शनिवार वीरगंजमा एक दिने आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

Image
वीरगंज, १९ असार । मधेश प्रदेशमा कार्यरत दृष्टि विशेषज्ञहरूको आयोजनामा नेपाल अप्थाल्मिक सोसाइटी, नेपाल दृस्टि विशेषज्ञ संघ, नेपाल नेत्र सहायक परिवार र बारा, पर्सा, रौतहट जिल्लामा अवस्थित आँखा अस्पतालहरूको सहयोगमा एक दिने आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । वीरगंजको ब्रह्मचोकस्थित ओम होटल तथा पार्टी प्यालेसमा आउदो असार २२ गते शनिवारका दिन नेपाल नेशनल अप्थालमिक कन्फेरेन्स हुने जानकारी कार्यक्रम आयोजक समितिका सचिव  वरिष्ट  दृष्टि विशेषज्ञ वसन्त पौडेलले  दिनुभयो । उक्त कार्यक्रममा आँखा स्वास्थ्यको   क्षेत्रमा अहिलेसम्म  विश्वमा भएगरेका उपचार विधिहरू, खोज अनुसन्धानको बारेमा नेपाल तथा  छिमेकी मुलुक भारतमा कार्यरत  वरिष्ट विशेषज्ञ डाक्टरहरूवाट आआफ्नो क्षेत्रको अनुभव आदान प्रदान गर्नुको साथै, उपचारको क्षेत्रमा आ–आफ्नो  क्षेत्रको खोज अनुसन्धानको वारेमा कार्यप्रत्रहरू प्रस्तुत हुनेछ। नेपाल तथा  छिमेकी मुलुक भारतमा हालसम्म अपनाइएको  आँखा रोगको उपचार विधिहरू, विश्वमा भैरहेका नयाँनयाँ  उपचार पध्दति, शल्यक्रिया, आँखा सम्बन्धी विभिन्न  व्यायाम, समुदायमा गर्न सकिने आँखा सम्बन...